Skip to content
LAXMI SUNRISE BANK

कर्णाली प्रदेशका थप १२ जनामा कोरोना संक्रमण पुष्टी, १३ जना डिस्चार्ज !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख जिल्ला अस्पतालको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। 
सल्यानका दुई, सुर्खेतका १, जाजरकोटका १, दैलेखका ५ मुगुका १ र रुकुपश्चिमको एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय २६ पुगेको छ। कर्णाली प्रदेशमा बिहीबार १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK