
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये दैलेखका २५ जना र सुर्खेतका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ ।
यस्तै, कर्णालीमा आइतबार थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६४४ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २२९ जना आइसोलेसनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्