×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा मास्क नलगाइ हिँड्ने २१ जना पक्राउ, गरियो यस्तो कारवाही !

PRIME CA

पोखरामा मास्क नलगाइ हिँड्ने २१ जना पक्राउ, गरियो यस्तो कारवाही !

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । पोखरामा मास्क नलगाइ हिँड्ने २१ जनालाई कारबाही गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा मास्क नलगाइ हिँड्ने २१ जनालाई कारबाही गरेको हो । उनीहरुलाई एक सय रुपैयाँका दरले जरिबाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताए । 
उनीहरुलाई सम्झाइ-बुझाइ गर्दासमेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन कम्तीमा दुई मिटर सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरिएको हमालले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: