- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मंगलबार काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टी भएको बताए ।
मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् । उपत्यकाका तीन जिल्लामा हालसम्म कुल २७६ कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २०४ जना संक्रमित थपिएका छन् ।