
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो ।
केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो । उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल ग्राहस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ । यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ । यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्