×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: राजिनामा दिंदै प्रधानमन्त्री ओली !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने भएका छन् । केहि दिनभित्र उनले राजीनामा दिन लागेका हुन् । नेकपा स्थायी समिति बैठकमा प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि उनी अन्तत: राजीनामाको मनस्थितिमा पुगेको बताइन्छ । मंगलबारको बैठकमा प्रचण्डसहितका एक दर्जन बढी नेताहरुले ओलीले प्रम र अध्यक्ष पद दुबै छाड्नुपर्ने बताएका थिए ।

यद्यपी केहि दिन अघि उनले आफुलाई हटाउन ‘भारत’ लागेको भन्दै कसैले मागेकै अधारमा राजिनामा नदिने दाबी गरेका थिए । तर त्यसको ठिक भोलिपल्ट प्रचण्डले नै ओलीको राजिनामा भारतले नभई आफुले मागेको बताएपछि स्थिति फेरिएको हो । 

राजिनामा दिने निष्कर्षमा पुगेर राजनीतिक परामर्शका लागि भन्दै उनले मन्त्रीहरुलाईसमेत बालुवाटार बोलाएका छन् । उनले विभिन्न मन्त्रीहरुसँग छलफल गरेर अन्तत: राजिनामा दिन लागेको बताइएको छ । यद्यपी ओलीले अन्य विकल्पहरुबारे पनि मन्त्रीहरुसँग परामर्श लिन लागेको बुझिएको छ ।

जानकारहरुका अनुसार उनले तीन विकल्पमा विभिन्न मन्त्रीहरुसँग छलफल गरेका छन् । पहिलो विकल्प राजीनामा दिने र पार्टी फुटबाट जोगाउने । दोश्रो- राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: