- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३२ भक्तपुरमा १ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले संक्रमितको जिल्ला तोके पनि कुन ठाउँका हुन् भन्ने ठेगाना खुलाएको छैन ।
यससँगै नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७६८ नमुना परीक्षणमध्ये २२४ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।