Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र देवः विकास बैंकको एकीकृत कारोबार सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक र देवः विकास बैंकले आज आइतबार (असार २८ गते)बाट एकीकृत कारोबार सुरू गरेका छन् । कुमारी बैंक र देवः विकास बैंकको गत जेठ १९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेपश्चात आजबाट यी दुवै कम्पनीको एकीकृत कारोबार सुरू भएको हो। 
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए । अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । 
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी भएको छ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब पुग्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK