
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साबिकको देब बिकास बैंक लिमिटेडले कुमारी बैंक लिमिटेडमा बिलय हुँदै गर्दा भीआरएसका नाममा थुप्रै कर्मचारीहरु निकालेको थियो । तर बैंकले निकै चलाखीपूर्ण तरिकाले जवर्जस्ती केहि कर्मचारीहरुलाई बैंकबाट निकालेको खुलासा भएको छ । तत्कालीन देब बिकास बैंकको एक शाखामा पियनको काम गर्ने कर्मचारीले अंग्रेजी बुझ्दै नबुझ्ने आफुलाई अंग्रेजीमा लेखिएको पत्रमा हस्ताक्षर गर्न लगाएर आफ्नो जागिर खोसिएको गुनासो अर्थ सरोकारमा गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
भीआरएसको अर्थ स्वइक्षाले केहि सुविधाहरु लिएर जागिरबाट निस्किने स्किम हो । तर भीआरएसका नाममा यसरी सोझा कर्मचारीहरुलाई फसाएर बैंकले बदमासी गरेको प्रमाण फेला परेको हो ।
यसो त तत्कालीन देब बिकास बैंककि एचआर विभाग प्रमुख सजना मानान्धरले कुमारी बैंकले राख्ने-नराख्ने टुंगो नभएपछि कर्मचारीहरुलाई भीआरएसको विकल्प दिएको स्वीकारेकि छन् । उनले इक्षा हुनेले भीआरएस लिएर जाने र भीआरएस नलिनेको जागिरको टुंगो नभएको स्वीकारेकी छिन् ।
मर्जर वा प्राप्तिका बेला स्टाफ एडजस्टमेन्ट अर्थात कर्मचारी समायोजन धेरैका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । कर्मचारी समायोजन कसरी भयो वा कति सफल भयो भन्ने विषयले मर्जरको तयारी कतिको थियो र पोस्ट मर्जर कतिको सफल भयो भन्ने पनि देखाउँछ । तर पढ्दै नपढेका वा पियनको काम गर्ने सोझा कर्मचारीहरुलाई यसरी फसाएर भीआरएसका नाममा जागिरबाट निकाल्नुभने पक्कै दुखद् हो ।
हेर्नुहोस् भिडियो रिपोर्ट:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्