×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३०७ जनाले पाए श्रम स्वीकृति !

LAXMI SUNRISE BANK

३०७ जनाले पाए श्रम स्वीकृति !

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत बिहिबारबाट श्रम स्वीकृति खुलाएसंगै ३०७ जनाले श्रम स्वीकृति पाएका छन् । कोरोना भाइरसको महामारीका कारण गत फागुन ३० गतेदेखि बन्द रहेको श्रम स्वीकृति सरकारले लकडाउन खुकुलो बनाएसंगै बिहिबारदेखि खुलेको थियो ।  
बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोरोना परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको थियो । सो अनुसार ३०७ जनाले श्रम स्वीकृति पाएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । जसमा २५८ पुरुष र महिला ४९ जना छन् । 
श्रम स्वीकृति पाउनेमा बहराइनका ८ जना, ब्रुनाईका ४ जना, चेक गणतन्त्रका २ जना, जापानका ४१ जना, कुवेतका १० जना, चीनका ९ जना, मलेसियाका २४ जना, माल्दिप्सका २ जना, माल्टाका ७ जना, ओमानका २ जना , पोल्यान्डका ४ जना, कतारका ४५ जना, कोरियाका २, दिथुनियाका१ जना, सेनेगलका १ जना, सेसेल्सका २ जना, युएईका १४२, युगान्डाका १ जना छन् । यता पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी