×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘मौद्रिक नीतिमा भएको व्यवस्थालाई मान्ने हो भने लघुवित्त चलाउन सकिदैँन’ : लघुवित्त बैकर्स संघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा ‘क्याप’ लगाएपछि लघुवित्त बैकर्स संघले असन्तुष्ट जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत कर्जाको ब्याजदरको सीमा अधिकतम् १५ प्रतिशत तोकिएपछि संघले असन्तुष्टि जनाएको हो ।
संघका अध्यक्ष बसन्त लम्सालले १५ प्रतिशतको क्यापको निर्णय ठिक नभएको बताएका छन् । साथै उनले उक्त ब्याजदरले लघुवित्तहरुलाई खर्च धान्न धौ-धौ हुने बताए । अहिले पनि लघुवित्तहरुले १२ प्रतिशतसम्म ब्याजदरमा ऋण लिनु पर्ने बाध्यता रहेको भन्दै उनले १२ प्रतिशतमा ल्याएर १५ प्रतिशतमा कर्जा लगानी गर्न नसकिने बताएका हुन् ।  यता संघका सचिव प्रमेश आचार्यले पनि १५ प्रतिशतको क्याप लगाउने निर्णय स्वागत योग्य नभएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: