×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लालबाबु पण्डित, हेरौं के भन्छन् उनी ? (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लालबाबु पण्डित, हेरौं के भन्छन् उनी ? (भिडियो रिपोर्ट)

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीका कारण भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । निर्वाचनमा उम्मेदवारले जसरी पनि जित्नैपर्ने मानसिकता बनाएका कारण अनावश्यक खर्च हुने र निर्वाचित भएपछि भ्रष्टाचार हुने गरेको सांसदहरुको भनाई छ । 
सांसद राजेन्द्र श्रेष्ठले निर्वाचनमा हुने अनावश्यक खर्च घटाउन निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । प्रत्यक्ष निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत गरेको उहाँको भनाई छ । पूर्ण समानुपाति प्रणालीमा जाँदा आफ्नै नातागोता र परिवारका व्यक्तिहरुले अवशर पाउने सम्भावना बढी हुने भएकाले समानुपातिक खुला सूचिमा आधारित निर्वाचन प्रणाली अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै सांसद लालबाबु पण्डितले राजनीतिक पार्टीको कानून बनाउँदा आज हार्ने तर भोली जनप्रतिनिधि भएर आउने परिपाटी अन्त्य गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीमा हा¥या मान्छे भोली त्यो भन्दा माथिल्लो कमिटीमा हुन्छ । के यो लोकतन्त्र हो रु लोकतन्त्र नबुझेर हो रु यो आशिर्वाद होकी होइन रु आशिर्वाद चल्ने हो भने त्यो पार्टी जनताको पार्टी हुन सक्दैन ।’ हेनुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी