×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण बढेपछि महालक्ष्मी नगरपालिकाका तीन वडा सिल, घरबाट बाहिर निस्किन रोक

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमण बढेपछि महालक्ष्मी नगरपालिकाका तीन वडा सिल, घरबाट बाहिर निस्किन रोक

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका तीन वटा वडालाई सिल गरिएको छ । नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन वडा नं ७, ८ र ९ लाई सिल गरेको हो । वडा नम्बर ८ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले ७ र ९ वडासमेत सिल गरेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।
सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जनाइएको छ । यस्तै खाद्यान्न पसल र व्यवसायमा कम्तीमा एक मिटर दूरी कायम गरेर बिहान ७ देखि ९ बजे सञ्चालन अनुमति दिइएको छ । साथै नगरपालिकाले घरबाट बाहिर निस्किन पनि रोक लगाएको छ ।
 
नगरपालिकाको नियम उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारबाही गरिने प्रमुख श्रेष्ठले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: