×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जना  कारोना संक्रमित फेला परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा सबै लमजुङका रहेका छन् भने १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिए । यसअघि शुक्रबार बिहानमात्रै गण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: