
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ । नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो ।
गत आव सकिएर नयाँ आव २०७७/७८ शुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको हो । नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका हुन् ।
नगर प्रमुख महादेव बजगाईँले शुरुमा आफू काठमाडौँ रहेको र चेक काट्ने कुरा असार मसान्तमा सकिसकेको बताए पनि पछि कोरोना रोकथामका बेला भएका खर्चको भुक्तानी दिनुपर्ने बाध्यता रहेको र त्यसै कारणले कर्मचारीले चेक काटेको आफूलाई रिर्पोटिङ आएको बताउनुभयो ।
नगर प्रमुख बजगाईंले गत आवको कागजात मिलाउने काममा पनि कर्मचारी लागेको स्वीकार गर्दै तिनले नियमसङ्गत रुपले क्वारेन्टिन व्यवस्थापनको खर्चको चेक काटेको दोहो¥याउनुभयो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले भने कानूनअनुसार गत वर्षको मिति राखेर नयाँ चेक जारी गर्न नमिल्ने कुरा स्वीकार गर्नुभएको छ ।
चेक काटिरहेका अवस्थामा भेटिएका लेखा अधिकृत धर्मराज उपाध्यायले नगरपालिकाको कार्यालयमा भीडभाड हुने तथा काम गर्न असहज भएको हुनाले आवासगृहमा चेक काटेको बताउनुभयो । उहाँले आफू सेवामा नयाँ प्रवेशी भएकाले केही प्राविधिक कुरा जानकारी नभएको स्वीकार्दै अब कोष तथा लेखा नियन्त्रण कार्यालयसँगको छलफलमा अघि बढ्ने स्पष्ट गर्नुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशी गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानूनसम्म नभएको बताउनुहुन्छ । भुक्तानीका लागि गत वर्ष नै काटिसकेका चेक सम्बन्धित पक्षलाई वितरण गर्न आव सकिएको ३० दिन अवधि दिइए पनि पुरानो आवको चेक अहिले नयाँ आव शुरु भइसकेका अवस्थामा काट्नु कानून विपरीत हुने जोशीले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्