
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् ।
बझाङ जिल्लाबाट अपरिचित नम्बरबाट फोन आएपछि आफुलाई मार्ने काट्ने धम्की दिएको मन्त्री भट्टले भने । उनले भने, फोनमा एमसीसीको सम्झौतालाई तैले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ, यही भनियो । ‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुप¥यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो (भने)’ मन्त्री भट्टले भने ।
नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी वा उक्त विषयको वास्तविकता नबुझी प्रतिक्रिया जनाउने प्रचलन बढ्दै गएकोप्रति मन्त्री भट्टले चिन्ता व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्