×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जीको १५ लाख कित्ता आइपीओ बिक्री खुल्ला, न्यूनतम १० कित्ता भर्न पाइने ! (विस्तृत विवरणसहित)

PRIME CA

लिवर्टी इनर्जीको १५ लाख कित्ता आइपीओ बिक्री खुल्ला, न्यूनतम १० कित्ता भर्न पाइने ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लिवर्टी इनर्जी कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता आइपीओ आज (बुधबार, साउन ७ गते) देखि बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% आइपीओे निष्कासन गरेको हो । कम्पनीले यसअघि फागुन २७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकोमा कोरोनाका कारण चैत ११ गतेबाट देशमा लकडाउन सुरु भएपकाले बीचैमा स्थगन गरिएको थियो । तसर्थ, यसअघि आवेदन नदिएकाले मात्र अब आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) का स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता, प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता र लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता सेयर पनि कम्पनीले बिक्री खुला गरेको हो । 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल गर्नेछ । कम्पनीको यो आइपिओमा प्रतिकित्ता १०० रुपैयाँका दरले छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने चैत २६ गतेसम्म भर्न सकिनेछ । यो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छ । 
लिवर्टीलाई केही दिनअघि मात्रै नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो । जसमध्ये १५ लाख कित्ता स्थानीयलाई खुला गरिएको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: