
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो ।
खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ । सत्चालीस हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २२८ ग्राहकको लाइन काटी रु पाँच करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ ।
विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्