
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिले बीमालेख प्रारम्भ भएको मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बीमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो।
समितिका अनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बीमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन । यस्तै समितिले बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी कर्जा प्रदान गर्दा बीमा लेख प्रारम्भ भएको मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा कम्पनीलाई जानकारी गराएको छ।
‘एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने छ’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्