
- अर्थ सरोकार सम्बाददाता
इनरुवा । इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा शनिबारदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।
पिसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उक्त स्थानलाई पूर्णरूपले लकडाउन गरिएको हो । शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ ।
इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ । परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र टे«सिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर तथा बजारको विभिन्न पसलमा पुगेर सामानसमेत किनमेल गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्