
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका परिवारका सात जनामा र भाडामा बस्ने दुई जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
ल्याब टेक्निसियनले आफूमा सङ्क्रण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आयो ।
यो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।
सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभूका १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्