×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाजी लगाएर लुडो खेल्ने ७ जना पक्राउ, ८७ हजार रुपैयाँ बरामद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाजी लगाएर लुडो खेल्ने ७ जना पक्राउ, ८७ हजार रुपैयाँ बरामद !

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुकेर लुडो खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुकेर पैसा बाजी लगाएर लुडो खेल्दै गरेको पाइएपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-१४, सुनारगाउँका राजकुमार कार्की छन् । कार्कीले घरमा लुडो खेल्ने र खेलाउँदै आएका थिए ।
 
उनीसंगै अन्य व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ८७ हजार ५० रुपैयाँ पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ । पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी भइरहेको कुँवरले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी