×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न, ८.१२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !

PRIME CA

लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न, ८.१२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनीले प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । 
सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । उक्त बोनस आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयर लिनेले समेत पाउने कम्पनीले जनाएको छ ।
साथै, सभाले कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको कम्पनीले जानकारी गराएको छ ।
साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनीहरुले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: