×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २३.३६ अंकले घट्यो बजार, डेढ अर्वमाथिको कारोबार हुँदा नेप्से १४३२.४४ बिन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार २३.३६ अंकले घट्यो बजार, डेढ अर्वमाथिको कारोबार हुँदा नेप्से १४३२.४४ बिन्दुमा

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार २३.३६ अंकले घटेर १४३१.५२ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६८ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १५ करोड ७१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको भएको छ ।
यता, बुधबारको कारोबार सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त र ग्लोबल आइएमइ लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी