Skip to content
LAXMI SUNRISE BANK

महालेखाको प्रतिवेदनले नेपाल बैंकका सीइओको कार्यक्षमतामाथि मात्र होइन, नैतिकतामाथि पनि प्रश्न उठायो…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नयाँ नेतृत्व आएसँगै समय समयमा नयाँ काण्ड र विवाद आइरहेको नेपाल बैंकमा व्यवस्थापनले ऋण असुल गर्न चासो नदेखाएको भन्दै ऋण उठाउन महालेखाले प्रतिवेदनमै उल्लेख गरिदिएको छ । महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन सार्वजनिक गरी बैंकले ५४६ ऋणीबाट साँवा र ब्याज गरी ६१ अर्ब ३८ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेको र उक्त ऋण उठाउने प्रक्रिया गतिलो नभएको भन्दै घुमाउरो पारामा व्यवस्थापनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिवेदनमा ऋणीहरुले ऋण अपचलन गर्दा पनि व्यवस्थापनले चासो नदेखाएको उल्लेख छ । बैंकको कर्जा असुली प्रक्रिया सन्तोषजनक मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ । महालेखाको यस्तो प्रतिवेदन आएसँगै बैंकका प्रमुख कार्यकारी अधिकृतमाथि नैतिक र कार्यक्षमताको प्रश्न उठेको छ । 
बैंकले नयाँ नेतृत्व पाएसँगै बेला बेलामा अनेक लफडा बाहिर आइरहेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK