×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोत्तरीमा कोरोनाका कारण एक वृद्धको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

PRIME CA
GLOBAL IME BANK

महोत्तरीमा कोरोनाका कारण एक वृद्धको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

महोत्तरी
  • अर्थ सरोकार सम्बाददाता 
महोत्तरी । कोरोना भाइरस सङ्क्रमण देखिएका एक वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ । महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय व्यक्तिको ज्यान गएको हो । गएको साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका उनको मंगलबार राति ज्यान गएको प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्रा. डा. सञ्जिवकुमार शर्माले बताउनु भएको छ । 
प्रतिष्ठान भर्ना भएका मृतकको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको डा. शर्माले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: