- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबारको कारोबारमा संस्थाको २ लाख ४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।