
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखि लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव भएका पोखरेलले समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसंगै प्रभु बैंकको सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए ।सन १९९० मा नविल बैंकमा सहायक लेवलबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंक हुँदै हिमचुलि विकास बैंकमा ८ वर्ष सिईओ चलाएका थिए ।
नम्र स्वभावमा पोखरेल प्रभु बैंकमा सेकेण्ड म्यानको रुपमा विगत ६ वर्षदेखी काम गर्दै आएका थिए । प्रभु विकास बैंक हुँदै उनि किष्ट बैंकसँग मर्ज प्रश्चता प्रभु बैंकको सिईओ पछि रहेर काम गरेपनि बैंक व्यवस्थापनले हालै डेपुटी सिईओ नियुक्त गरेको हो । पोखरेल प्रभु लाईफ इन्स्योरेन्सको संचालकसमेत रहेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्