
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर कर्नरिङ्ग भएको भन्दै कम्पनीका सीईओ र सञ्चालक समितिमाथि छानबिन गर्न माग गरिएको छ । सेयर लगानीकर्ता तथा प्रतिष्ठा ट्रेडिङ्ग हाउसका महाप्रबन्धक केशव कोइरालाले उक्त फाइनान्सको सेयर कर्नरिङ्ग भएको भन्दै नियामक नेपाल धितोपत्र बोर्डलाई कम्पनीका सीईओ र सञ्चालक समिति तथा अन्य संलग्नहरुलाई छानबिन गरि छानबिन गर्न माग गरेका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट आउनु अगावै कम्पनीका सीईओ र सञ्चालक समितिले सूचना चुहाएर तथा एक ब्रोकर कम्पनी र मारबाडीहरुले लाखौं कित्ता उठाएर कर्नरिङ गर्दै सेयरमूल्य १३० बाट ३५० माथि पुर्याइएको कोइरालाको दाबी छ । यस्तै मञ्जुश्री फाइनान्स भन्दा धेरै बलिया संस्था जस्तै आईसीएफसी, पोखरा फाइनान्स, गुडविल फाइनान्सको बजार मूल्य नै अहिलेको अवस्थामा पनि प्रतिकित्ता १५०.१६० हाराहारी रहेका बेलामा फाइनान्सको सेयरमूल्यमा भने कर्नरिङ्ग गरेर ती संस्थाको मूल्य भन्दा माथि पुर्याएको उनको दाबी छ ।
मारवाडिहरुले उक्त सेयर बिक्री गरेपछि मञ्जुश्रीको मूल्य आईसीएफसी, पोखरा फाइनान्स, गुडविलको भन्दा कम हुने पनि उनको भनाइ छ । यस्तै मञ्जुश्रीले आज सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणमा वार्षिक प्रतिसेयर आम्दानी ३४ रुपैयाँ रहेको उल्लेख गरेको छ । वितरण योग्य नाफा भने १४ प्रतिशत मात्रै छ ।
यसरी कम्पनीले माफियाहरुसंगको मिलेमतोमा सोझा लगानीकर्तालाई कसरी फसाईरहेका छन् भन्ने पछिल्लो उदाहरणमा मन्जुश्री फाइनान्स नामको हल्लुड कम्पनी थपिएको कोइरालाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्