×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार ७.५३ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ३२ करोडमाथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार ७.५३ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ३२ करोडमाथि

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा बजार ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८९ कम्पनीको ३४ लाख ३० हजार ५३२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २२ करोड ९१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको भएको छ ।
यता, बिहिबारको कारोबारमा सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर र आरम्भ चौतारी लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै घोडीघोडा लघुवित्त र गुराँस लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी