×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ७.५९ अंकले घट्यो बजार, १ अर्ब २५ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

मंगलबार ७.५९ अंकले घट्यो बजार, १ अर्ब २५ करोडमाथिको कारोबार

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ७.५९ अंकले घटेर १४५४.८९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको ३२ लाख ४७ हजार ०६८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २५ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १० करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र नबिल बैंकको भएको छ ।
यता, सोमबारको कारोबार माइक्रोफाइनान्स र म्युचुअल फन्द उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्स र जोशी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पोखरा फाइनान्स र नेपाल हाइड्रोदेभलोपर लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी