- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २२.४० अंकले बढेर १४६५.१० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ४५ लाख ६०३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ११ करोड ३२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र एनआईसी एशिया बैंकको भएको छ ।
यता बिहिबार कारोबारमा होटल्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी होटल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बेष्ट फाइनान्स र नेसनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्