×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मास्क नलगाई हिड्नेलाई अब कडा कारवाही गरिने, गृहले दियो मातहतका निकायलाई यस्तो निर्देशन !

LAXMI SUNRISE BANK

मास्क नलगाई हिड्नेलाई अब कडा कारवाही गरिने, गृहले दियो मातहतका निकायलाई यस्तो निर्देशन !

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले मास्क लगाउनेको संख्या घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोनाको संक्रमण बढिरहेका बेला मास्क लगाउनेको संख्या घटेपछि गृहले मातहतका निकायलाई निर्देशन दिएको हो ।
आज (आइतबार) ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । लकडाउन खुलेपछि जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै गृहले यस्तो परिपत्र जारी गरेको बताइएको छ ।
साथै, गृहले कारबाहीको विवरण पनि हरेक दिन मन्त्रालयमा पठाउन पनि भनेको छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी