
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण समस्यामा परेका व्यवसायलाई तीन तहमा छुट्टयाएर सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानूनी व्यवस्था रहेको छ ।
सोहि अनुसार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्दैछन् । सो मौद्रिक नीतिमार्फत बैंकका ऋणीहरुलाई तीन तहको सुविधा समेटिने भएको हो । कोरोनाले ठप्प बनाएको अर्थात् अति प्रभावित होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको लागि एकवर्षसम्म ऋण तिर्न सक्ने तालिकालाई परिवर्तन गरेर सो अनुसारको कर्जाको पुर्नतालिकरण तथा ब्याजमा पूँजीकरण गरिनेछ ।
यस्तै राष्ट्र बैंकले अति प्रभावित भन्दा कम प्रभावित बनेका व्यवसायलाई ६ महिनाको सुविधा दिइनेछ भने सबैभन्दा कम प्रभावितलाई ३ महिनाको सुविधा राष्ट्र बैंकले दिनेछ । व्यावसायीहरुले कोरोनाका कारण अहिलेको अवस्थामा आफुहरुले बैंकको किस्ता,ब्याज, ऋणलगायत तिर्न नसक्ने भन्दै विभिन्न मागहरु राख्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्