Skip to content
LAXMI SUNRISE BANK

‘मौद्रीक नीति आशा गरे अनुसार नै आयो, कार्यान्वयन हुनेमा भने शंका छ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । उद्योगी, व्यवसायी तथा अर्थविदहरुले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७-०७८ को मौद्रीक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड-१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रीक नीति कार्यान्वयनमा भने अर्थविदहरुले आशंका गरेका छन् । 
दीपेन्द्रबहादुर क्षेत्री पूर्व गभर्नर
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सबै क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेर आएको मौद्रिक नीति आशा गरेअनुसार नै भएको बताउनुभयो । नीति जुन स्प्रिटमा आएको छ त्यही स्प्रिटमा कार्यान्वयन भयो भने खोट लगाउने कुनै ठाउँ नभएको उहाँले बताउनुभयो ।
पवन गोल्यान अध्यक्ष, बैंक तथा वित्तिय परिसंघ
बैंक तथा वित्तिय परिसंघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले कृषि क्षेत्रमा १५ प्रतिशत लगानीका लागि आह्वान गरेपछि सबैले वास्तविक कृषि क्षेत्रमा लगानीका लागि ध्यान दिनुनपर्ने बताउनुभयो । १ करोडभन्दा कमको व्यवसाय गरिरहेका कृषक, साना उद्योगी व्यवसायीहरुलाई पुँजी अभावले व्यवसाय गर्न समस्या नहुने गरी नीति आएको उहाँले बताउनुभयो । कोभिड-१९ का कारण समस्यामा परेका व्यवसायीहरुका लागि पुर्नकर्जाको व्यवस्थाले ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कमलेशकुमार अग्रवाल उपाध्यक्ष नेपाल चेम्बर अफ कमर्स
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोभिडका कारण समस्यामा परेका नीजि क्षेत्रले राखेका मागभन्दा राम्रो मौद्रिक नीति आएको बताउनुभयो । लक डाउनबाट प्रभावित व्यवसायीहरुको बैंक किस्ता र व्याज तिर्ने म्याद समेत बढेकाले कर्मचारीहरुलाई तलब खुवाउन र व्यवसायलाई पुर्नजीवन दिन समस्या नहुने उहाँले बताउनुभयो ।
रिपोर्टस क्लबमा भएका साक्षत्कारमा व्यवसायीहरुले राष्ट्र बैंकले नीति कार्यान्वयनका लागि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंक भित्रै ‘टास्क फोर्स’ बनाएर कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने सुझाव उनीहरुको छ । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK