×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक नहुँदै चुहियो मौद्रिक नीति, कसले चुहायो ?

PRIME CA

सार्वजनिक नहुँदै चुहियो मौद्रिक नीति, कसले चुहायो ?

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्न लागेको मौद्रिक नीति सार्वजनिक हुनु अगावै ‘लिक’ भएको छ । नेपाल राष्ट्र बैंकमा औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने भनिए पनि बीचबाट नै मौद्रिक नीतिको ड्राफ्ट चुहिएको छ । मौद्रिक नीतिको ड्राफ्ट यसरीसम्म चुहिएको छ कि, विभिन्न संचारमाध्यमहरुमा मौद्रिक नीतिमा के के आउँदैछ भन्ने तथ्य सार्वजनिक हुन थालिसकेका छन् भने केहि मिडियाहरु सबै समाचार तयार गरेर प्रकाशन गर्न मात्र बाँकी अवस्थामा छन् ।
राष्ट्र बैंकका सञ्चालकहरुमा अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी, सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना, डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटी, शिवराज श्रेष्ठ, श्रीराम पौड्याल, रामजी रेग्मी र सुबोध कुमार कर्ण छन् । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यसरी मौद्रिक नीति चुहाउने व्यक्तिको पहिचान भइसकेको छ र अव के गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको छ ।
‘पद नपाएपछी जे कुरामा पनि निहुँ खोजिरहने एक जना जिम्मेवार व्यक्तिबाट नीति चुहिएको छ । कारवाही गरौँ भने उनको समय राष्ट्र बैंकमा अव धेरै पनि छैन । नगरौं भने अराजकताले हद नाघिसक्यो ।’ एक संचालकले अर्थ सरोकार डटकमसँग भने, ‘के के आउंदैछ भन्ने तथ्य सबैको हात-हातमा पुगिसक्यो, गभर्नर सापले बाचन गर्ने मौद्रिक्त नीति मात्र औपचारिकताका लागि हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: