- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ६ बजे बस्ने बताइएको छ ।
कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको बताइएको छ । यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुनेछ ।