×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मेगा बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । मेगा बैंक नेपालको धादिङबेसीमा रहेको शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै बैंकका सेवा तत्कालका लागि बन्द गरिएको छ । बैंकले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द भएको जनाएको हो ।

सदरमुकाम धादिङबेशीमा मेगा बैंकको दुई वटा शाखामा २२ जना कर्मचारी कार्यरत रहेको बैंकका शाखा प्रमुख अभिषेक खनालले बताए । आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न अस्पतालले पीसीआर रिपोर्ट मागेपछि बैंकका ती कर्मचारीको नीलकण्ठ नगरपालिकाबाट स्वाब परिक्षण गर्न साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । कर्मचारीमा कोरोना देखिएकोपछि उनको सम्पर्कमा आएका व्यक्तिको पनि खोजीकार्य भईरहेको छ ।

बुधवार धादिङको सिद्धलेक ४ का एक जना, नीलकण्ठ १२ का बैंक कर्मचारीसहित दुई जना, नीलकण्ठ ४ का तीन जना र खनियावास २ का १ जनामा संक्रमण पुष्टी भएको हो । बैंकका कर्मचारीबाहेक अरु सदरमुकामको क्वारेन्टाइनमा नै बस्दै आएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद रिजालले जानकारी दिए । धादिङ जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १३७ पुगेको छ ।

पछिल्लो समय विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीमा संक्रमण पुष्टी भईरहेको छ ।  लकडाउनको अन्त्य भएता पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा पछिल्लो समय बैंकर, सरकारी कर्मचारी, प्रहरी, व्यापारीलगायतमा संक्रमण भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी