×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले कञ्चनपुरको मालपोत कार्यालयमा विस्तार गर्यो ३२ औं एक्सटेन्सन काउन्टर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंकले कञ्चनपुरको मालपोत कार्यालयमा विस्तार गर्यो ३२ औं एक्सटेन्सन काउन्टर

Artha Sarokar

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । कञ्चनपुरमा मेगा बैंक नेपाल लिमिटेडले आफ्नो ३२ औं एक्टेन्सन काउन्टरको विस्तार गरेको छ । जिल्लाको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । 
घरजग्गा सम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले बताए । कार्यालयमा महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 
बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर रहेको प्रदेश प्रमुख ओझाले बताए । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी