×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा पहिलोपटक सृजनशील सहकारीको मोबाइल बैंकिङ्ग सेवा, कस्ता छन् सुविधाहरु ?

PRIME CA

कञ्चनपुरमा पहिलोपटक सृजनशील सहकारीको मोबाइल बैंकिङ्ग सेवा, कस्ता छन् सुविधाहरु ?

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संवाददाता 
कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सुचारु गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सुचारु गरेको हो । 
सेवाग्राहीहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग सेवा सुचारु गएिको संस्थाका अध्यक्ष शिवराज भट्टले बताए । उनले भने,”यही असार मसान्तसम्म सेवा विस्तारको पहिलो चरणमा पाँच सय सदस्यलाई बैंकिङ सेवासित जोडिने छ । आगामी दिनमा सहकारीले सबै सदस्यको पहुँचसम्म उक्त सेवा विस्तार गरिने लक्ष्य राखेको छ ।” 
सृजनशील सहकारी संस्थाले सुरु गरेको उक्त सेवाबाट सदस्यहरुले बैंक ट्रान्सफर, चेक रिकोइष्ट, टपअप, स्कुल पेमेण्ट, इन्स्योरेन्स पेमेण्ट, क्युआर कोड पेमेण्ट र डिपोजिट स्टेटमेण्ट सेवा लिन सक्ने सहकारीका प्रबन्धक मदनराज भट्टले बताए । उनले भने, “सेवाशुल्क वाफत वार्षिक दुईसय रुपैयाँ लाग्ने छ ।” जस्तोसुकै परिस्थितिमा पनि संस्थाको सेवाहरुबाट वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको भट्टले बताउनुभयो । उक्त सेवा सुरु भएसँगै सेवाग्राहीहरुपनि खुशि भएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: