×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति आज सार्वजनिक हुँदै !

PRIME CA

मौद्रिक नीति आज सार्वजनिक हुँदै !

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानूनी व्यवस्था रहेको छ । 
कोरोना भाइरसले समग्र अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरण, वित्तीय क्षेत्रमा सहुलियत तथा सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने उद्देश्यले केन्द्रीय बैंकले चालु बर्षको मौद्रिक नीति ल्याउन लागेको हो । गभर्नर भएपछि महाप्रसाद अधिकारीले ल्याउन लागेको यो पहिलो मौद्रिक नीति हो । यता उद्योगी/व्यवसायी पनि नयाँ मौद्रिक नीतिले राहत दिने अपेक्षामा बसेका छन् । राष्ट्र बैंकले बैंकले कोरोना प्रभावित सबै खालका व्यवसायीलाई राहत दिने हिसाबले मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएको छ । 
मौद्रिक नीतिले ऋण उपलब्धता, कम दरमा ब्याज, पुनर्कर्जा सुविधा, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा जोड दिनेछ । वित्तीय सुधारसँग सम्बन्धित प्याकेजको पनि अपेक्षा राखिएको छ । यता, पुँजी बजारका लगानीकर्ताहरुले राखेका केही मागहरु सम्बोधन गर्ने तयारी भइरहेको केन्द्रीय बैंकको भनाई छ । पर्यटन, साना तथा मझौला उद्योग लगायतका बढी प्रभावित क्षेत्रमा भने व्याजदरमै सहुलियत दिने पनि राष्ट्र बैंकको तयारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: