×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्याजदरको ‘भद्र सहमति’ खारेज, कर्जा लगानी नभएपछि बैंकिङ क्षेत्रमा अत्याधिक तरलता थुप्रियो, साउन १ गतेदेखि ब्याज घट्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने भएका छन् । बैंकिङ क्षेत्रमा अहिलेको अवस्थामा पनि लगानीयोग्य रकम अत्याधिक मात्रामा बढेपछि बैंकहरुले ब्याजदर घटाउने भएका हुन् । सोमबारको तथ्यांक अनुसार वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपछि अबदेखि निक्षेपको ब्याजदर पनि बैंकहरु आफैंले निर्धारण गर्ने भएका छन् ।
यद्यपि तरलताका आधारमा कर्जा लगानी भने शुन्य प्राय छ । यस्तै सोमबार बैंकर्स संघले निक्षेपको ब्याजदर निर्धारणमा यसअघि कायम भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । अबदेखि ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुले नै पाएका छन् । संचालनमा रहेका २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरु बीच भएको छलफलमा ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुलाई नै दिइएको जनाईएको छ । 
भद्र सहमति अनुसार अहिले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७%, सर्वसाधारण मुद्दतिको ८.५%र बचतको ५.५% छ । अब बैंकहरुले  उक्त ब्याजदरलाई साउन १ गतेबाट आफ्नो अनुकूलता हेरेर नयाँ घटेको ब्याजदर सार्वजनिक गर्नेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: