Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ, अनुसन्धान जारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ गरेको छ । बुधबार साझ रौतहट गौर महादेवपट्टिका  २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त गस्ती टोलीले भारतीय नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK