
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मोरङमा मास्क नलगाई हिँड्नेलाई १ महिनासम्म कैद सजाय गरिने भएको छ । पछिल्लो समय मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको विषयमा रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न मास्क अनिवार्य गरिएको हो । कोरोना संकट व्यवस्थापन केन्द्र मोरङको बैठकले अब घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारणका लागि नियम बनाएको हो।
यो नियम उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्