
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङमा कोरोना संक्रमित राख्न बनाइएका क्वारेन्टाइनहरू विस्तारै खाली हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या घट्दो क्रममा रहेको छ । मोरङमा विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०९ छ । महानगरले सात स्थानमा क्वारेन्टाइन सञ्चालन गरिरहेको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकामा ३८ जना क्वारेन्टाइनमा छन् । यसैगरी उर्लाबारी नपामा ८२, रंगेली नपामा २२, बेलबारी नपामा ७६, रतुवामाई नपामा ८०, पथरी नपामा २६, सुनवर्षी नपामा ६३, लेटाङ नपामा २५, मिक्लाजुङ गाउँपालिकामा ७५, धनपालथान गाउँपालिकामा ६५, जहदा गाउँपालिकामा ८, कटहरी गाउँपाकिलामा १०, ग्रामथान गाउँपाकिलामा १०, बुढीगंगा गाउँपालिकामा २५, केराबारी गाउँपालिकामा २३ जना छन् ।
मोरङमा हालसम्म जम्मा ४ हजार ७७ पुरुष, ७३४ महिला गरेर जम्मा ४ हजार ८११ जना क्वारेन्टिनमा बसेका छन् । तीमध्ये फिर्ता हुनेको संख्या ४ हजार ७४ छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अब जिल्लाका क्वारेन्टाइनमा जम्मा बाँकी नागरिकको संख्या ७७३ जना छ । मोरङमा कोरोना पोजेटिभको संख्यामा कमी आउन थालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्