×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ लाख कित्ता आइपीओ साउन ८ बाट आउँदै, कसले पाउँछ भर्न ?

PRIME CA
GLOBAL IME BANK

माउन्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ लाख कित्ता आइपीओ साउन ८ बाट आउँदै, कसले पाउँछ भर्न ?

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साउन ८ गतेबाट माउन्टेन इनर्जी नेपालको आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरु क्षेत्र अर्थात म्याग्दी र नुवाकोट जिल्ला स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने जनाएको छ ।
दोस्रो चरणमा सर्वसाधारणका लागि पनि कम्पनीले १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ बिक्री गर्नेछ । कम्पनीको आइपिओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापलटललाई तोकिएको छ । यो आइपीओमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा भने भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । 
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: