×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जी नेपालले पायो ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माउन्टेन इनर्जी नेपालले पायो ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

Artha Sarokar

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि बराबर १९ लाख ६८ हजार २७ कित्ताका दर आइपीओ बिक्री गर्न लागिएको हो । अब कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यता, क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी