×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकमा विप्लवका कार्यकर्ताले बम राखे ! भन्छन्- ‘ग्राहकलाई सार्है दु:ख दिएकोमा जनकारवाही…’

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । सल्यानको बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ बिकास बैंकमा बाल्टिन बम भेटिएको छ । जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम भेटिएको हो । बमसँगै भेटिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: