
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । म्युचुअल फन्डलाई पनि करको दायरामा ल्याइने भएको छ । म्युचुअल फन्डहरुले कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यालयले करको दायरामा ल्याउन निर्देशन दिएको हो । कार्यालयले आफ्नो ५७औं प्रतिवेदनमार्फत यस्तो निर्देशन दिएको हो ।
आयकर ऐन २०५८ को दफा २ (ड) (३) मा भएको व्यवस्थामा टेकेर करका सवालमा म्युचुअल फन्डलाई कम्पनी सरह व्यवाहर हुने भन्दै आयकरको दायरमा ल्याउन भनिएको हो । कम्पनीहरुले ३०% कर तिर्नुपर्ने व्यवस्था रहेको छ । तर अहिले म्युचुअल फन्डलाई अग्रीम कर कट्टा गर्नु नपर्ने व्यवस्था भए पनि यसलाई कर छुटको भने व्यवस्था नरहेको भन्दै कर असुल्न भनिएको छ ।
‘सबै म्युचुअल फन्डलाई करको दायरामा ल्याई कर असुल गर्नुपर्दछ ।’प्रतिवेदनमा भनिएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्