×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नाडेप लघुवित्तमा चरम आर्थिक घोटाला, सीइओ र अध्यक्षको ‘मनपरी’ले हद नाघेपछि एक्सनमा उत्रियो राष्ट्र बैंक !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लामो समयदेखि नाडेप लघुवित्त वित्तीय संस्थामा हुँदै आएको ‘मनपरी’ विरुद्ध नियामक निकाय नेपाल राष्ट्र बैंक एक्सनमा उत्रिएको छ । सोहि अनुसार संस्थाका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही प्रक्रिया सुरु भएको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको कार्यशैली प्रति रुष्ट भएको राष्ट्र बैंक अन्तत: अध्यक्ष पिताम्बर प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीविरुद्ध एक्सनमा उत्रिएको हो । 
राष्ट्र बैंकले मिति २०७७ साल असार २१ गते काटेको पत्रमा धादिङमा वित्त विभाग नराखी काठमाडौंको सम्पर्क कार्यालयमा वित्तीय विभाग स्थानान्तरण गरेर वित्तीय कारोबार गरेकोमा ३५ दिनभित्र केन्द्रीय कार्यालयमा वित्तीय विभाग स्थानान्तरण गरी जानकारी उपलब्ध गराउन संस्थालाई निर्देशन दिइएको छ । 
सार्वजनिक शेयर निष्काशन नगरी सर्वसाधारणको शेयरधनीको प्रतिनिधित्व नभएको अवस्थामा संचालक, प्रबन्ध संचालक, सिइओ तथा निजको निकटत्तम तल्लो वरियताको अधिकारीको पारिश्रमिक र सेवा सुविधा वृद्धि गर्न नपाउनेमा सो वृद्धि गरी सेवा सुविधा लिएकोमा त्याे रकम असुल उपर गर्न यसअघि केन्द्रीय बैंकले विभागीय निर्देशन दिएको थियो । त्याे निर्देशन हालसम्म पालना नभएको, आर्थिक वर्ष २०७५-०७६ को अन्तिम लेखापरिक्षण तथा वार्षिक साधारण सभा हालसम्म सम्पन्न गर्न नसकी संस्था सहज ढंगले संचालन गर्न नसकेको  भन्दै सो विषयमा स्पष्टीकरण लिइएको हो ।
कामको शिलशिलामा बाहेक सीइओ, कर्पाेरेट कार्यालयमा नियमित उपस्थित हुन नपाउने नियम विपरीत नियमित केन्द्रीय कार्यालयमा हाजिर नभइ कर्पाेरेट कार्यालयमा हाजिर भएको, कर्मचारी र व्यवस्थापनबीचको असमझदारीलाई समयमै निराकरण गर्न नसकेको, संस्थाको आन्तरिक लेखापरीक्षण समयमै सम्पन्न गर्न नसकेको, वार्षिक साधारण सभा समयमै गर्न नसकेको, मासिक÷त्रैमासिक विवरण समयमै राष्ट्र बैंकसमक्ष पेश गर्न नसकेको, कर्मचारी व्यवस्थापन उचित ढंगले गरी निर्वाधरुपमा संस्था संचालन गर्न नसकेको कारण संस्थाका निक्षेपकर्ता, शेयरधनीहरु तथा सम्बद्ध पक्षहरुको अहित हुने कार्य गरेको पाइएको भन्दै सीइओ र संचालकलाई कारवाही गर्नुनपर्ने कुनै कारण भए १५ दिनभित्र स्पसिष्टकरण पेश गर्न पत्र थमाएको हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: